विवाहको २७ वर्षपछि बिल र मेलिन्डा गेट्सले गरे सम्बन्ध विच्छेदको घोषणा

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

२१ वैशाख, एजेन्सी। विश्वकै धनी बिल गेट्स र मेलिन्डा गेट्सले सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । माइक्रोसफ्ट कम्पनीका संस्थापक समेत रहेका बिल गेट्सले विवाह बन्धनमा बाँधिएको २७ वर्षपछि सम्बन्धविच्छेद गरेका हुन् ।

उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिएको घोषणा गरेका थिए । उनले लेखेका छन्, “लामो छलफलपछि हामीले हाम्रो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गर्यौं । २७ वर्षमा आफ्ना तीन सन्तानलाई पालनपोषण गरेर ठूलो बनायौँ । हामीले विश्वभरका मानिसहरुको उत्कृष्ठ कामको लागि फाउन्डेशन पनि बनायौँ । हामी यो मिसनमा आगामी दिनमा पनि एकसाथ रहनेछौँ । तर, पति पत्नीको रुपमा भने एक साथ रहन सक्दैनौँ । त्यसैले नयाँ जिवन सुरु गर्न जादैछौँ ।”

बिल गेट्स र मेलिन्डाको विवाह सन् १९९४ मा भएको थियो ।


  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares