४५ जिल्लामा निषेधाज्ञा (सूचीसहित)

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

२१ वैशाख, काठमाण्डौ। नेपालमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाइएका जिल्लाहरुको संख्या ४५ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण फैलँदै गएपछि सरकारले निषेधाज्ञा लगाउन सुरु गरेको हो ।

सरकारले कोरोना रोकथामका लागि पहाडी तथा तराईका जिल्लामा पाँच सय सक्रिय सङ्क्रमित पुगेपछि र हिमाली जिल्लामा दुई सय सक्रिय सङ्क्रमित पुगेपछि निषेधाज्ञा लगाउने व्यवस्था गरेको छ ।

आजदेखि थप नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा सुरु भएको गृह मन्त्रालयले जनाएको छ । यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ । बाजुरा र महोत्तरीमा भोलिदेखि निषेधाज्ञा सुरु हुँदै छ । झापा र सुनसरीमा गाडीमा जोरबिजोर प्रणाली लागू भएको छ

काठमाण्डौ उपत्यकाका बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई थप कडा बनाउन आवागमन नियन्त्रणसम्बन्धी आदेश समेत जारी गरिने भएको छ ।


  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares