विश्व स्वास्थ्य संगठनले यूरोपेली राष्ट्रहरुलाई कोरोनाभाइरसको स्रक्रमण रोक्न लगाइएको प्रतिबन्ध फुकुवा नगर्न चेतावनी दिएको छ।
यदि अहिले नै प्रतिबन्ध हटाउने हो भने कोरोना संक्रमणले आँधीको रुप लिने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको हो।
प्रतिबन्ध हटाए यूरोपमा पनि भारतको जस्तै अवस्था सृजना हुन सक्ने संगठनका प्रमुख हैन्स क्लूगले बताएका छन्।
हालै यूरोपका केही देशहरुले कोभिड–१९ का कारण लगाइएको प्रतिबन्ध खुकुलो पार्ने बताएका थिए।
[sidebar name="button post"]









