आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई पराजित

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ।

बिहीबार राति भएको खेलमा कोलकाताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍याे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो।

जितसँगै दिल्ली १० अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

रोयल च्यालेन्जर्स बैंगलोरलाई पछि पार्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो। कोलकाताको यो पाँचौ हार हो। कोलकाताले ७ खेलमा ४ अंक जोडेको छ।


  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares