सङ्क्रमण फैलने क्रम बढेसँगै ‍महाराष्ट्र राज्यमा कर्फ्यु र लकडाउन

कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिएसँगै भारतको महाराष्ट्र राज्यमा सोमवारदेखि कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिँदै छ।

रातिको समयमा कर्फ्यु लगाइने छ भने सप्ताहान्तका बेला राज्यमा पूर्ण रूपमा लकडाउन लागु हुने बि बि सी ले जनाएको छ। भारतमा आइतवार एकैदिन ९३,२४९ सङ्क्रमित थपिएका थिए जुन गत सेप्टेम्बर महिनायताको सर्वाधिक सङ्ख्या हो।

उक्त सङ्ख्याको आधा भन्दा बढी महाराष्ट्र राज्यको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सङ्क्रमण फैलिनुको कारण पत्ता लगाउनका लागि एउटा विशेषज्ञ टोलीलाई त्यहाँ जान भनेका छन्।

कोभिड-१९ का कारण भारतमा हालसम्म करिब १,६५,००० जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म सङ्क्रमित पुष्टि हुनेको सङ्ख्या १ करोड २५ लाख भन्दा बढी छ।

[sidebar name="button post"]