म्यानचेस्टर युनाइटेडको इंग्ल्सि प्रिमियर लिग फुटबलमा जित

म्यानचेस्टर युनाइटेडले इंग्ल्सि प्रिमियर लिग फुटबलमा जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले ब्राइटनलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

 प्रिमियर लिगमै भएका अन्य खेलमा साउथह्याम्पटनले बर्नलीलाई ३-२ गोलअन्तरले पराजित गर्दा एस्टन भिल्लाले फुलहामलाई ३-१ गोलले पराजित गरेको छ। यता, टोटेनहम र न्युक्यासलले भने २-२ गोलको बराबरी खेलेका छन् ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले जितसँगै ३० खेलबाट ६० अंक बनाएको छ । पराजित ब्राइटनको भने ३० खेलबाट ३२ अंक छ । लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ३१ खेलबाट ७४ अंक छ ।

[sidebar name="button post"]