२५ फागुन । बलिउड अभिनेता रणबीर कपूरलाई कोरोना संक्रमण पुष्टि भएको छ। रणबीरकी आमा नीतु सिंहले मंगलबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत रणबीरलाई कोरोना पोजेटिभ देखिएको र उनी हाल होम क्वारेन्टिनमा रहेको जानकारी गराएकी छन्।
यसअघि रणबीरका काका रणधीर कपूरले पनि रणबीरको स्वास्थ्य खराब भएको बताएका थिए। केही दिनयता भारतमा कोरोना संक्रमित बढिरहेका छन् । भारत सरकारले कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि सचेतना अपनाउन आग्रह गर्दै आएको छ।
[sidebar name="button post"]











