स्पेनिस क्लब बार्सिलोनाको कार्यालयमा क्याटलान प्रहरीले छापा मारेर चारजनालाई पक्राउ गरेको छ। वित्तिय गतिविधिबारे अनुसन्धानलाई लिएर प्रहरीले सोमबार बार्सिलोनाको कार्यालयमा छापा मारेको हो ।
बार्सिलोनाको अध्यक्षका लागि आइतबार चुनाव भएको थियो ।
गएको अक्टोबरमा जोसेप मारिया बार्तोमेउले राजीनामाको घोषणा गरेपछि चुनाव भएको हो । पक्राउ पर्नेमा बार्तोमेउ समेत रहेको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् । तर प्रहरीले त्यसको पुष्टि गरेको छैन ।
[sidebar name="button post"]









