इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा रहँदै आउँदो सिजनको च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना एभर्टनले जीवित राखेको छ ।
प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा घरेलु टोली एभर्टनले साउथह्याम्पटनमाथि १–० को जित दर्ता गरेको हो ।
चौथो स्थानको वेष्ट ह्यामको २६ खेलबाट ४५ अंक छ । आउँदो बिहीबार हुने खेलमा जित निकालेमा एभर्टन प्रतिस्पर्धीलाई पछि पारेर शीर्ष चारमा पुग्ने छ ।
[sidebar name="button post"]









