रुबिना दिलाइक रियालिटी शो बिग बोसको १४ औं सिजनको बिजेता

भारतीय कलाकार रुबिना दिलाइक रियालिटी शो बिग बोसको १४ औं सिजनको बिजेता बनेकी छिन् ।

बिजेता बनेसँगै उनले ३६ लाख भारतीय रुपैयाँ पाएकी छिन् ।

बिग बोसको १४ औं सिजनको फर्स्ट रनरअप राहुल वैद्य बनेका छन् । यसअघि इण्डियन आइडलको पहिलो सिजनमा पनि उनी फर्स्ट रनर अप बनेका थिए ।

सलमान खानले दिएको यो विकल्प राखी सावन्तले रोजेकी थिइन् । सलमान खानले आउँदो आठ महिलाभित्र बिग बोसको अर्को सिजन लिएर आउने बताएका छन् । बिग बोस, भारतको विवादित तर सबैभन्दा ठूलो रियालिटी शो हो । यसका प्रस्तोता बलिउडका सुपरस्टार सलमान खान हुन् ।

[sidebar name="button post"]