सेनाले गिरफ्तार गरेकी म्यानमारकी नेतृ आङ साङ सूकीमाथि दोस्रो अभियोग लगाइएको छ।
यसअघि सत्ता हातमा लिएको सेनाको नेतृत्वले अवैध वाकिटकी राखेको अभियोग लगाएको थियो ।
अहिले सैनिक नेतृत्वको सरकारले म्यानमारको नेशनल डिजास्टर कानूनको उल्लंघन गरेको अभियोग लगाएको हो । मंगलबार जारी गरिएको नयाँ आरोपबारे केही स्पष्ट भएको छैन ।
सेनाले फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो।
सैनिक कू विरुद्ध प्रदर्शन बढ्दै जाँदा सेनामाथि दबाब बढेको छ। सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुसहितले सेनाविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।












