यूईएफ च्याम्पियन्स लिग फुटबलमा पीएसजीले बार्सिलोनाविरूद्ध शानदार जित हात पारेको छ । अन्तिम १६ चरणको पहिलो लेगमा पीएसजीले बार्सिलोनाको घरेलु मैदानमै ४-१ को जित निकालेको हो ।
पीएसजीको जितमा केलियन एम्बाप्पे नायक बने । उनको ह्याट्रिकमा बार्सिलोना निरिह सावित भयो ।
एमबाप्पेले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेका थिए भने मोइस किनले अर्को गोल थपे । यी दुई टिमको दोस्रो लेगको खेल १० मार्चमा पेरिसमा हुनेछ ।












