भारतको उत्तर प्रदेशमा लगाइएका प्रतिबन्ध उल्लंघन गर्नेहरूविरूद्धको मुद्दा फिर्ता

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कोभिड–१९नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध उल्लंघन गर्नेहरूविरूद्धको मुद्दा फिर्ता लिने घोषणा गरेका छन् ।

राज्य सरकारले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस कदमबाट उत्तर प्रदेश सरकार यस्तो आदेश जारी गर्ने देशको पहिलो राज्य भएको छ । यो कदमले राज्यका साढे दुई लाख भन्दा बढी जनतालाई ठूलो राहत प्रदान गर्नेछ ।’

यस कदमसँगै लाखौं सर्वसाधारणलाई उनीहरूको कोभिड–१९ प्रोटोकोल उल्लङ्घनका घटनाहरू अनुसन्धानका लागि भइरहेको अवस्थामा अदालत जानुपर्ने कठिनाईको पनि अन्त्य भएको छ ।

मुख्यमन्त्री आदित्यनाथको घोषणालगत्तै लकडाउन कानूनको धारा १८८ उल्लङ्घन गरेको आरोपमा राज्य भरका प्रहरी स्टेशनहरूमा दर्ता भएका यी मुद्दा फिर्ता लिने तयारी भइरहेको उत्तर प्रदेश सरकारले बताएको छ ।

सरकारको यस कदमले अदालतमा मुद्दाको बोझ कम गर्ने पनि विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ ।

[sidebar name="button post"]