इजिप्टमा अश्लील आकृतिकाे केक बनाएको आरोपमा एक महिला पक्राउ

एजेन्सी। इजिप्टमा एकजना महिलालाई ‘अश्लील केक’ बनाएको आरोपमा केही बेर पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ती केकका माथिपट्टि राखिएका फोन्डेन्ट आइसिङ्मा यौनाङ्ग तथा भित्री वस्त्र जस्ता देखिने आकृति रहेका थिए र राजधानी कायरोको एउटा स्पोर्ट्स क्लबमा आयोजित जन्मदिनको समारोहमा सो केक खाइएको थियो।

त्यसको फोटो भाइरल भएपछि बेकरलाई पक्राउ गरिएको थियो। उनलाई ३१९ डलरको जमानतमा पछि रिहा गरियो।

[sidebar name="button post"]