एजेन्सी । बहुप्रतिक्षित फिल्म ‘केजीएफ-२’ को टीजर सार्वजनिक भएको छ। चलचित्रका मुख्य पात्र अभिनेता यशको जन्मदिनको अघिल्लो दिन टीजर सार्वजनिक भएको हो।
टीजरले अहिलेसम्म थुप्रै रेकर्ड तोडेको छ। तर, यो टीजर सामाजिक सञ्जालबाट हटाउनुपर्ने अवस्था आउन सक्छ। टीजरमा देखाइएको एउटा सिनका कारण पुरै हटाउनुपर्ने अवस्था देखिएको हो।
दुई मिनेटको टीजरको अन्तिममा यशले मेसिनगनको नालमा चुरोट जलाएर खाएको देखिइएको छ। उक्त सिन विवादमा तानिएको छ । प्रशान्त निलको निर्देशनमा रहेको यो चलचित्र दुई वर्षदेखि प्रोडक्सनको काम चलिरहेको छ। यसअघि यो चलचित्र अक्टोबर २०२० मा नै रिलिज गर्ने तयारी थियो। तर, कोरोना महामारीका कारण प्रोडक्सनको काम नै बन्द भयो।
प्राय सबै चलचित्रको अन्तिमा धुम्रपान तथा मद्यपान स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने सन्देश लेखिएको हुन्छ। यसको टीजरमा त्यस्तो सन्देश दिइएको छैन्। जसले गर्दा नोटिस पठाएको हो। नोटिस पठाउँदैं टीजर हटाउन भनेको छ।
नोटिसमा यशलाई राज्यले अवलम्बन गरेको धुम्रपान तथा मद्यपानविरुद्धको अभियानमा सहयोग गर्न समेत अपिल गरिएको छ। कर्नाटक राज्यका स्वास्थ्य तथा परिवार कल्याण तथा चिकित्सा शिक्षामनत्री डा.के.सुधाकरले बताए।












