यसरी बन्यो काभ्रेको धुलिखेलमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अहिलेसम्मकै ठुलो शालिक ( फोटोमा हेर्नुहोस् )

  • 767
  •  
  •  
  •  
  •  
  •  
  •  
    767
    Shares

रमिता दंगाल

पछिल्लो समय काठमाण्डौ उपत्यकामा भन्दापनि धेरै जसो बाहिरी जिल्लाहरुमा मुर्ति, शालिक र प्रतिमाहरुको माग बढेको छ । राजु तुलाधरको परिवारलाई मुर्ति बनाउने काम भ्याइनभ्याई छ । अहिले राजु तुलाधर काभ्रेको धुलिखेल नगरपालिकाको मुर्ति बनाउने काममा व्यस्त हुनुहुन्छ ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अहिलेसम्मकै ठुलो शालिक

काभ्रेको धुलिखेल नगरपालिकामा झण्डै ८ दशमलव ५ फिटको अहिलेसम्मकै सबैभन्दा ठुलो राष्ट्र निर्माता पृथ्वी नारायण शाहको शालिक लगभग तयार भैसकेको छ ।

नेपालमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहका धेरै शालिकहरु थिए । कतिपय जनआन्दोलनका बेला हटाइयो भने कुनै कुनै शालिकमा अपुरो जस्तो देखियो ।

धेरै अध्ययन गरेर अहिले राष्ट्र निर्माता शाहको शालिक बनाएको तुलाधर बताउनुहुन्छ ।

तुलाधरले पृथ्वी नारायण शाहको अहिलेसम्म नेपालकै सबै भन्दा ठुलो ढलौट सालिक निर्माण गर्नुभएको छ । उहाँले पृथ्वी नारायण शाहको साढे ८ फिट अग्लो शालिक निर्माण गर्नु भएको हो ।

झन्डै ८ महिना लगाएर यो शालिक निर्माण भएको छ । जुन झण्डै तीन सय किलोको छ । अहिलेसम्म बनाएका मध्यमै पृथ्वी नारायण शाहको शालिक बनाउन एकदमै गाह्रो तर राम्रो बनेको उहाँ बताउनुहुन्छ । बुवाको निर्देशन अनुसार उहाँले शाहको शालिक बनाएको बताउनुहुन्छ ।


  • 767
  •  
  •  
  •  
  •  
  •  
  •  
    767
    Shares