५ फागुन, काठमाण्डौ । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा माइतीघर मण्डलामा थाल ठटाएर प्रदर्शन गरिएको छ । इन्धनको मुल्य वृद्धिविरुद्ध जनता समाज पार्टी (जसपा) निकट विद्यार्थीहरुले माइतीघर मण्डलामा विरोद गरेका हुन्
विरोध प्रदर्शनमा उनीहरुले थाल र चम्चा बजाउँदै प्रतिगामी सरकार मुर्दावाद, पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
समाजवादी विद्यार्थी युनियनको आयोजनामा भएको विरोध प्रदर्शनमा उनीहरुले सडकमा ग्यास सिलिन्डर राखेर सरकारको विरोध गरेका थिए ।
[sidebar name="button post"]









