कोरोनाको डर कायमै : सकेसम्म जोगिने उपाय सहित खुले कागेश्वोरी नगरका विद्यालय

रमिता दंगाल

काठमाण्डौको कागेश्वोरी नगरपालिकाका विद्यालयहरु संचालन भैरहेका छन्। नगरपालिको वडा नं ६ र ९ मा कोरोना जोखिम बढी भएकाले केहि समय रोकिएका थिए। नगर वडा अध्यक्षको सम्जयोकतामा वडा शिक्षा समितिको निर्णय अनुसार संचालन भैरहेका छन्। नगरपालिकाको वडा नं ६ र ९ मा आंशिक रुपमा संचालन भैरहेको नगर शिक्षा शाखा प्रमुख गोविन्द शर्माले बताउनु भयो ।

नगरपालिकाले बनाएको स्वास्थ्य  मापदण्ड विद्यालयहरुले लागु गरे नगरेको अनुगम गरिरहेको नगर शिक्षा प्रमुख गोविन्द शर्माले जानकारी दिनुभयो। नगरपालिकाले तोकेका मापदण्ड जस्तै दुई शिफ्ट गर्ने, विद्यार्थी संख्या धेरै नहुने गरी संचालन गर्नु पर्ने ,एउटा बेन्चमा एकजना बस्नु पर्ने, सुरुमा स्वास्थ्य सूचनाको क्लासहरु संचालन गर्ने ,विद्यार्थीहरुले घरमा बुवा आमाहरुलाई सम्झाउन सक्ने बनाउने आदि रहेका छन्।

साथै करिकुलममा भाको भन्दा पनि थप कार्यक्रमहरु पनि दिएका छौँ। त्यस्तै त्यहि अनुसार विद्यालयमा ज्वरो नाप्ने , सेनिटाइजर लगाउने , साबुनपानीले हात धुने देखि लिएर सबै व्यवस्थापन गरिएको उहाँले  कागेश्वोरी खबर डटकमसंग बताउनु भयो।

कोरोना संक्रमण जोखिम कम भएको बेलामा विद्यालय संचालन गर्दा हतार गरेको जस्तो नलागेको पनि उहाँको भनाई रहेको छ। उहाँ भन्नुहुन्छ, ‘ अभिभाबक कन्भिन्स भएनन् भने कर गरेका छैनौँ।’ सबै ब्यापार व्यवसाय संचालन हुन पाउने सचेत विद्यार्थी जसले पछि गएर आफ्ना आमा बुवाहरुलाई सम्झाउन सक्ने विद्यार्थी विद्यालय आउँदा कोभिड आइहाल्ने अनि अहिले सडकमा खेल्दै गर्दा कोभिड नआउने  हैन भन्ने उहाँको गुनासो रहेको छ। विद्यालयमा पनि ज्वरो नाप्ने अनि कुनै बिरामी अथवा लक्षण देखिएको छ भने अभिभाबकलाई विद्यालय नपठाउन  भनिरहेको पनि उहाँले जानकारी दिनुभयो।

विद्यालय  संचालन गरेको एक महिना बित्दा सम्म कुनै पनि विद्यार्थी शिक्षकमा कुनै समस्या नभएको शिक्षा प्रमुख शर्माले बताउनु भयो।  नेपाल सरकारले लकडाउन गरेको बेला नगर भित्रका सात जना शिक्षकमा संक्रमण भएको उहाँले बताउनु भयो । तर अहिले सम्म कुनै पनि विद्यार्थीमा संक्रमण नभएको पनि बताउनु भयो।

नगरपालिका भित्र शिक्षालाई गुणस्थरिय बनाउन पाँच किसिमले विद्यार्थी बर्गिकरण गरिएको छ। विद्यालय आउन सक्ने , इन्टरनेट  सुबिधा हुने नहुने देखि लिएर सबै आधारमा क्लास संचालन भैरहेको उहाँ बताउनु हुन्छ।

प्रि प्राईमरी लेवलको विद्यार्थीहरुको लागि असार साउनदेखि नै अभिभाबकहरुको सहयोगमा घरमा नै सिकाइ हुने किताब ,कपि,पेन घर घर मै पुर्याइदिएको उहाँ बताउनु हुन्छ। थोरै विद्यार्थी संख्या भएको प्रि प्राईमरी लेवल भने संचालन भैरहेको छ। संक्रमण जोखिम भएका संस्थागत विद्यालयहरु सबै खुलेका छैनन्।

नेपाल सरकारले तोकेको मापदण्ड पुरा हुन नसक्ने विद्यालयहरुले अनलाईनमा संचालन गरिरहेका छन्  उहाँले बताउनु भयो। उहाँ भन्नुहुन्छ,’कागेश्वोरी नगरपालिका भित्रका १६ सामुदायिक विद्यालय मध्ये दुई वटा मात्र  चलेका थिएनन्। संस्थागत विद्यालयको हकमा प्री प्राइमरी  बाहेक ५० प्रतिसत विद्यालयहरु संचालन भैरहेको उहाँले जानकारी दिनु भयो।

स्थानीय पाठ्यक्रम बनेर छाप्ने क्रममा रहेको र यो महिना भित्र नै बितरण गरिसक्ने प्रयासमा रहेको पनि नगर शिक्षा प्रमुख शर्माले जानकारी दिनुभयो।

[sidebar name="button post"]