Ad #144479

१२ पुष, काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउने भ्रममा नपर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओली निरंकुश शासन गर्ने ध्येयमा रहेको भन्दै उनले आफ्नो प्रभुत्व कायम गरेको विश्वास नभएसम्म ओलीले चुनाव नगराउने बाबुरामको भनाई छ ।

संसद विघटनको विरोधमा जसपाले गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले चुनाव हुन्छ र चुनावमा गएपछि जितिन्छ भन्ने भ्रममा नपर्न आग्रह गरेका हुन् । उनले खासगरी कांग्रेसलाई ओलीको स्वार्थमा नअल्झिन आग्रह गरेका हुन् ।

भट्टराईले अदालतबाट संसद पुनस्र्थापना हुन्छ भन्नेमा आफू ढुक्क हुन ननसकेको पनि बताएका छन् । जसपाले आइतबार काठमाडौंमा विशाल प्रदर्शन गरेको छ ।