Ad #144479

समिता श्रेष्ठ

असाेज १२, काठमाडौंकाे कागेश्वरीमा ६ महिनापछि विद्यालय खुलेका छन् ।विश्वब्यापी रुपमा फैलिएको कोरोनाको अवस्थामा पनि देशका विभिन्न सरकारी र सामुदायिक स्थरका विद्यालयहरु सञ्चालन हुन थालेपछि कागेश्वरीमा पनि हिजो देखि खुलेका हुन् । कागेश्वरी नगरपालिका अन्तर्गत संचालित सरकारी र सामुदायिक विद्यालयमा पठनपाठन सुरु भएकाे हाे ।

नगरपालिका भित्र जम्मा १६ वटा सरकारी विद्यालय रहेकोमा हिजो देखि ११ वटा विद्यालय संचालन गरिएको हो । ५ वटा विद्यालय पनि संचालन गर्ने तयारी छ। महामारीको कारण ६ महिना शैक्षिक संस्था बन्द गरिएको थियाे। निजि विद्यालयबाट अनलाइन शिक्षा दिई रहेको भए पनि सरकारीमा अनलाइन पहुँच छैन ।

कागेश्वरी नगरपालिका भित्र अध्ययन र अध्यापन गर्ने गराउने विद्यार्थी र शिक्षकहरु नगरपालिकाभित्र कै भएको हुन्नाले कोरोनाको जोखिम नभएको हुन्नाले पनि यस क्षेत्रमा विद्यालय संचालन गरिएको हो । बिद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर हरेक दिन हरेक विद्यार्थीको स्वास्थ जाँच गरेर अध्यापन गराउने गरी विद्यालय सुरु गरिएको हो।

पहिले जस्तै गरी दैनिक रुपमा पठनपाठन संचालन गर्न गाह्रो भए पनि आवश्यक सर्तकता अपनाई सामाजिक दुरि र सरकारी नियमहरु पालन गरी बिद्यालय संचालन गरिएको हो । विद्यार्थीहरुको लागि आवश्यक स्वास्थ उपकरण नगरपालिकाले दिने निर्णय गरिएको छ । बालबालिकाहरुको स्वास्थमा ध्यान दिएर बिद्यालय संचालन गरे राम्रो हुन्थ्यो भन्ने अभिभावकको ईच्छा अनुसार नै कागेश्वरी नगर पालिका अन्तर्गतका बिद्यालयहरु संचालन गरिएको हो ।

बिद्यालय सुरु भए पछि बिद्यार्थीहरु आउने क्रम पनि जारी नै छ । नगरपालिका भित्रका विद्यार्थीहरुको शैक्षिक सत्र न बिग्रोस भन्ने उद्देश्यले नै यहाँका सरकारी र सामुदायिक विद्यालयहरु संचालन गरिएको नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिनुभयो।