Ad #144479

असोज १२, बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ गरी कुल ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै देशभर कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ४८१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा देशैभर गरि कुल संक्रमित भने १३५१ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको जानकारी दिनुभयाे ।

यस्तै आज देशभर ८ हजार ६९५ संस्थागत आइसोलेशन र १० हजार ९२९ जना होम आइसोलेशनमा रहेका छन् । उहाँका अनुसार बितेको २४ घण्टामा थप ७४२ जना निको भएका छन् यससँगै निको हुनेको कुल संख्या ५४ हजार ६४० पुगेको छ ।