असाेज १२,काठमाण्डौ। पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा संक्रमितको संख्या ७४ हजार ७ सय ४५ जना पुगेको छ ।यस्तै कोरोनाका कारण पछिल्लो २४ घन्टामा ४ जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा ४ सय ८१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।












