कागेश्वरी मनोहरा नगरपालिकाले दुई हजारमा नै कोरोना परिक्षण सेवा दिने

नेपालमै पहिलो पटक एन्टिजेन प्रबिधिबाट स्वाब संकलन गरि दुई हजारमा नै कोरोना परिक्षण सेवा सुरु हुने भएको छ । यो प्रबिधिबाट कोरोना परिक्षण गर्दा आधा घण्टामा रिपोर्ट आउने नगर प्रमुख कृष्ण हरि थापाले जानकारी दिनु भयो ।

नेपालमै पहिलो पटक कागेश्वरी मनोहरा नगरपालिकाले यो सेवा आगामी असोज १ गते देखि सुरु गर्न लागेको हो ।

नगर प्रमुख कृष्ण हरि थापाले एन्टिजेन प्रबिधिबाट कोरोना परिक्षण गराउन चाहानेले मुलपानी नगर अस्पतालमा सम्पर्क राख्न अपिल गर्नु भएको छ ।

[sidebar name="button post"]