अजय खत्री
साउन १२ , काठमाण्डाै । विश्व शान्तिका लागि लायन्स क्लव अफ कागेश्वरी काठमाण्डाैले कागेश्वरीधाममा रुद्रीपूजा गरेकाे छ । चाैतीस जनाको सक्रिय समुहमा रहेको क्लवले काठमाण्डाैकाे कागेश्वरी सहित नेपालभित्र आपद विपद्मा काम गर्दै आएको छ । साउनकाे दोस्रो साेमबारकाे विशेष दिन पारेर आज लायन्स क्लव अफ कागेश्वरी काठमाण्डाैले काेराेना महामारीकाे अन्त्य र मानव जीवनकाे कल्याणकाे कामना गरि रुद्रीपूजा गरेकाे हाे ।
क्लवले साउन १७ गतेदेखि हरेक शनिबार रक्तचाप परिक्षण सुरु गर्ने क्लवका संस्थापक अध्यक्ष मोहन अर्यालले बताउनुभयो ।“हामिले आफ्ना लागि धेरै गर्याै अब हाम्रा लागि खर्चिने समय र खर्चको केहि अंश दान, पराेपकार, पुन्यका काम तथा दुखी, गरिब र प्रकोप पीडितकाे सेवामा लागौँ ,” उहाँले भन्नुभयाे, यसबाट मिल्ने आत्मसन्तुष्ठीमा रमाउन सिकाैं भन्ने चाहना छ ।
क्लवले कागेश्वरीधामलाइ आकर्षक बनाउन बाटोको छेउछाउमा शिव भगवानका प्रतिमा रुपका रुद्राक्ष लगाएतका बिरुवाहरु रोपि वृक्षारोपण गर्ने, सरसफाईको काम र कागेश्वरीधाममा देखिएको खानेपानी , शाैचालय, कपडा फेर्ने घर र खाजा खाने ठाउँको अभावको व्यवस्थापन गर्न वडासँग समन्वय गरि छिट्टै कामकाे सुरुवात गर्ने क्लवका सदस्य श्याम अधिकारीले बताउनुभयो ।