महाबाैद्वमा व्यापारीलाई कोरोना सङ्क्रमण

साउन १२, काठमाण्डाै महानगरपालिका २७ काे महाबौद्ध क्षेत्रका एक कपडा व्यवसायी र उनको परिवारका सबै सदस्यलाई कोरोनाकाे सङ्क्रमण देखिएपछि वडा कार्यालयले सार्वजनिक सूचना निकालेको छ । उनी सहित परिवारका पाँच जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।
वडा कार्यालयले गणेश मन्दिरदेखि महाबौद्ध स्तुपासम्मका व्यवसायीहरुको पीसीआर रिपोर्ट नआएसम्म सतर्कता अपनाउन आग्रह गरेको छ । केही समयअघि यी व्यवसायीका छोरी र नातिनी भारतबाट फर्किएकाले उनीहरुबाटै कोरोना सरेको हुन सक्ने आशङ्का गरिएको छ । उनले लकडाउनका बेला महाबौद्धमा रहेको कपडा पसल बन्द गरे पनि लकडाउन हटेपछि भने खोल्ने गरेको टेकु अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाले जानकारी दिनुभयो ।
यस विषयमा स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको पनि अस्पतालले जनाएको छ । लकडाउन हटेपछि देशका मुख्य–मुख्य बजार तथा पसल खुलेका छन् भने सार्वजनिक गाडी पनि चल्न थालेका छन् ।