अनिता धिताल
९ साउन, काठमाडौ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ मा जेष्ठ नागरिक सेवा केन्द्र स्थापना भएको छ ।
छोराछोरी नभएकै कारण वृद्ध अवस्थामा स्याहार नपाउने आमाहरुका लागी जेष्ठ नागरिक सेवा केन्द्र स्थापना भएको हो । २०७० सालमा बेल्जियम बस्दै आएकी नेप्लिज वोमेन सोसाईटी नेपालकी संस्थापक र विदेशमा रहेका नेपालीहरुको सहयोगबाट त्यस आश्रमको सुरुवात गरिएको थियो ।
यसैगरी २०७३ सालमा सांसद रामेश्वर फुँयालले शिलन्यास गर्नुभएको थियो । अहिले आश्रममा सात जना आमाहरु बस्दै आउनुभएको छ । स्वास्थ्यमा समस्या आएपछि एक जना भने अहिले अस्पतालमा हुनुहुन्छ । आश्रममा बस्दै आउनुभएका आमाहरु कागेश्वरी मनोहराको मात्र नभएर अरु ठाउँका पनि हुनुहुन्छ ।
चारकोठाको भवनमा अझै १० जना आमाहरुलाई राख्न सकिने र छोराछोरी नभएका वृद्ध आमाहरुलाई आश्रममा प्राथमिकता दिएर राख्ने केन्द्रका सल्लाहकार विमल धिमालले जानकारी दिनुभयो । धिमालका अनुसार यस आश्रममा नगरपालिका र वडाबाट सहयोग प्राप्त छैन ।
स्थानीयबासिन्दाले आफनो जन्मदिन आमाहरुसँग मनाउनुको साथै आमाहरुलाई कपडा, खाद्यान्न समेत वितरण गर्ने गरेका उहाँले बताउनुभयो । आश्रमको अबको योजना अर्को भवन निमार्ण गर्ने गरी वडा र नगरपालिकामा छलफल भैरहेको धिमालले बताउनुभयो ।