अविरल वर्षाले घर भत्कियो, एकको मृत्यु

बेलकोटगढी नगरपालिकामा अविरल वर्षाका कारण घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नपा–८ हर्रेमा गएराति ढुङ्गामाटोबाट बनाइएको कच्ची घर घर भत्किँदा च्यापिएर ६८ वर्षीय अक्कलबहादुर तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिनुभयो ।

यस्तै आज बिहान झरेको पहिरोले बेलकोटगढीको दुई पिपल डबली नजिकै लामाचौरमा पाँच घर पुरेको छ । स्थानीय शिक्षक चिरञ्जीवी लामिछानेका अनुसार बेलकोटगढी नपा–५ लामाचौरमा पहिरोले पाँच घरसँगै दुई वटा भैँसी र २० वटाभन्दा बढी बाख्रा पुरिएका छन् । दिउँसोको समय भएकाले घरका रहेका मानिस भाग्न सफल भएको स्थानीयवासीले बताएका छन् ।

पहिरोका कारण बस्तीमा रहेको ४० घर जोखिममा परेको छ । जिल्ला प्रहरी कार्यालयको अनुसार प्रहरी र स्थानीयसीले बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेका छन् । यस्तै पहिरोले बेलकोटगढी नपा–५ दुईपिपल डबली नजिकै पाँच घर पुरेको छ ।