कृष्ण वाग्ले
काठमाडौँ । भूकम्पका कारण कागेश्वरीमनोहरा नगरपालिकामा घर भत्केका १६ सय जनाले तेस्रो किस्ता बुझेका छन । भत्केका भौतिक संरचनाको पुननिर्माणका लागि आवेदन दिएका ३ हजार ६ सय ६७ जनामध्ये १६ सय ५० जनाले तेस्रो किस्ता बुझेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
२०७२ वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पले गर्दा कागेश्वरी मनोहरा नगरपालिकाका हजारौ घर र केही भौतिक संरचना पनि भत्किनुका साथै क्षतिग्रस्त भएका थिए । उनीहरुमध्ये ३ हजार ४ सय ३८ जनाले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ रकम बुझेका छन । यस्तै २ हजार ७७ जनाले दोस्रो किस्ता र १६ सय ५० जना तेस्रो किस्ताबापतको रकम बुझेका कागेश्वरी मनोहरा नगरपालिकाको पुनर्निर्माण शाखाकी प्रमुख रेनु आचार्यले जानकारी दिइन् ।
आचार्यका अनुसार पहिलो किस्ता लिएका ३ हजार ४३८ जनामध्ये केहीले अहिलेसम्म पनि घरको पुननिर्माण थालेका छैनन् । केहीले पुननिर्माण थालेपनि प्राधिकरणको मापदण्ड पूरा गरेका छैनन् । केहीले भने किस्ताको आवश्यकता नभएको बताउने गरेका छन ।
नगरपालिकाले तोकेको मापदण्ड, पुननिर्माण अवधि, भूकम्प प्रतिरोधी घर बनाउने लगायतका मापदण्ड पूरा गर्दै गएपछि प्राधिकरणले किस्तामा रकम उपलब्ध गराउने गरेको छ ।