क्रिकेटर सोमपाल र आरिफद्धारा सिन्धुपाल्चोकमा स्वास्थ्य सुरक्षा सामग्री वितरण

कबिता चापागाँई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सोमपाल कामी र आरिफ शेखले सिन्धुपाल्चोकको एक सामुदायिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेका छन ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका ६ थाङ्पालधापको सामुदायिक स्वास्थ्य केन्द्रको इकाईलाई क्रिकेटरद्धय सोमपाल र आरिफले कोरोना भाइरसबाट जोगिन स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेका हुन् ।

पाँचपोखरी क्रिकेट क्लबको समन्वयमा स्वास्थ्य केन्द्रलाई सामग्री हस्तान्तरण गरिएको नेपाल पुलिस क्रिकेट क्लबका सदस्य विजय धितालले जानकारी दिए । सोमपाल र आरिफलाई पनि विजयले नै स्वास्थ्य सुरक्षा सामगी्र उपलब्ध गराउन आग्रह गरेका थिए ।

विजयको आग्रहपछि सोमपाल र आरिफले व्यक्तिगत रुपमै स्वास्थ्य सुरक्षा सामग्री खरिद गरेर उपलब्ध गराएका थिए । सोमपाल र आरिफले स्वास्थ्य केन्द्रका डाक्टर, नर्स, बिरामी र सेवाग्राहीलाई सघाउ पुग्ने उद्धेश्यले सेनिटरी प्याड, स्यानिटाइजर, ग्लोब्सका साथै अन्य स्वास्थ्य सामाग्री खरिद गरेर पठाएका हुन ।

सोमपाल नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख बलर हुन भने आरिफ व्याट्सम्यान हुन । नेपाललाई एकदिवसीय मान्यता दिलाउन आरिफ र सोमपालले महत्वपूर्ण भूमिका खेलेका थिए ।