साउन १ । ब्रिटिस आर्मी हुँ भन्दै धनमाल ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ८ घर भएका दिपक मोक्तान भन्ने ३३ वर्षीय दिपक लामालाई प्रहरीले पक्राउ गरेको छ ।
फेसबुक आईडीबाट आफू ब्रिटिस लाहुरे हुँ भनी विभिन्न आश्वासन दिँदै महिला साथी बनाएर रकम तथा सुनका गरगहना लिई सम्पर्क बिहीन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वर चोकबाट उनलाई पक्राउ गरेको हो ।
धरान निवासी एक महिलाको सुनको सिक्री, सुनको औंठी तथा नगद ५ लाख रुपैयाँ लिई २ महिना अगाडि फरार भएका मोक्तानको साथबाट सुनको सिक्री, औंठी बरामद भएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।