जनमत पार्टीले टुंग्यायो प्रदेशतर्फका समानुपातिक सांसद

सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकबाट प्रतिनिधिसभा र प्रदेशसभामा पठाउने सांसदको नाम टुंग्याएको छ।

जनमत पार्टीले पहिलो पटक भाग लिएको आमनिर्वाचनबाट राष्ट्रिय पार्टी बन्दै पाँच जनालाई संघतर्फ समानुपातिक प्रतिनिधित्व गराउन पाउने भएको छ।

केन्द्रीय समितिको बैठकले पाँचजनाको नाम टुंगो लगाएर निर्वाचन आयोगमा पेस गरेको छ। तीमध्ये चारजना महिला र एकजना मुस्लिम समुदायका छन्।

धनुषाबाट अनितादेवी साह, मोरङबाट सोनु मुर्मु, सिराहाबाट विनिताकुमारी सिंह, महोत्तरीबाट गोमा सापकोटा र बर्दियाबाट अब्दुल खान समानुपातिकतर्फका सांसद बनेका छन्। दुईजना आदिवासी जनजाति, एक मधेसी, एक खस आर्य र एकजना मुस्लिम समुदायको प्रतिनिधित्व रहेको जनमत पार्टीले जनाएको छ।

केन्द्रीय समिति बैठकले मधेस प्रदेशतर्फ समानुपातिकबाट बाँडफाँड गरी प्राप्त गरेको सिटमा नाम टुंगो लगाएको हो। बैठकले निर्वाचन आयोगले गरेको पत्राचारकै आधारमा कलस्टर छुट्याउँदै सातजनाको नाम टुंगो लगाएको हो।

मधेशी महिलाबाट वविता राउत, अल्पसंख्यकबाट पार्टीका महासचिव चंदन सिंह, दलितबाट रंजु कुमारी खंग(खत्वे), मधेशी महिलामा अनिता कुमारी साह, मधेशी पुरुषमा पार्टीका उपाध्यक्ष बसन्त कुमार कुशवाहा, मुस्लिममा हसिना खातुन र आदिवासी जनजातीमा भाग्यश्री कुमारी चौधरीलाई पठाउने निर्णय गरेको छ।

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ पाएको दुई सिटमा खस आर्यबाट सुमन रायमाझी र आदिवासी जनजातिबाट गीता गुरुङको नाम टुंगो लगाएको छ।

[sidebar name="button post"]