सुरेन्द्र मानन्धर/प्रशिक्षक
राजनीतिमा खेलाडी आउँदा खेलकुदको मुहार फेरिन्छ । किनभने वर्षौँदेखि नेताहरूले राजनीतिको फोहोरी खेल मात्रै खेले । देश र नागरिकको शिर उच्चो बनाउने खेलाडीले कहिल्यै पनि राजनीति गरेनन् ।
अब सकारात्मक सोचका साथ युवाहरू राजनीतिमा होमिनुपर्छ । जसले गर्दा देश विकास हुन सकोस् । खेलकुदमा लागेकाहरूले हाम्रा लागि पनि सरकार छ । सरकारले काम गर्छ भन्ने सोचोस् ।
तेक्वान्दोको प्रतिनिधि गरेर अशोक खड्काले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । उहाँलाई हामी सबैको साथ र सहयोग रहने छ । उहाँले विभिन्न आपतविपद्मा निम्न वर्ग परिवारलाई आफ्नै क्षेत्र वा बाहिरका जनतालाई सक्दो सहयोग गर्दै आउनुभएको छ ।
खेलमा कठोर मन गरेका खेलाडी । तर निम्न वर्ग परिवारका सारथि भएर उनी सेवा गरिरहेका हुन्छन् । उहाँले समाजका लागि मात्रै होइन, देशका लागि पनि धेरै काम गरिसक्नु भएको छ ।
देशलाई स्वर्ण जिताउनेदेखि लिएर अन्तर्राष्ट्रियस्तरमा चिनाउने काम उहाँले गर्दै आउनुभएको छ । अब यस्तो सक्षम, उत्कृष्ट र देश चिनाएको व्यक्तिलाई भोट नदिएर कसलाई दिने ? त्यसैले अब सोचौँ । तपाईं हाम्रो सोच परिवर्तनले यो देश बन्छ ।
हामीले एक अर्काको साथ सहयोग लिएर अगाडि बढ्दा यो देश बन्छ । यो देशको प्रगति हुन्छ । त्यसैले अब सोच बदलौँ । वर्षौँदेखि हाल्दै आएको भोट बदलौँ । यसपटक प्रदेशसभामा स्वतन्त्र उम्मेदवार अशोक खड्कालाई जिताऔँ ।








