काठमाडौँ २ मा प्रकाश अधिकारीलाई किन भोट हाल्न चाहन्छन् स्थानीय ?

काठमाडौँ। चुनाव लागिरहँदा काठमाडौँ क्षेत्र नं. २ मा दलीय र स्वतन्त्र उम्मेदवारको चर्चा छ। सत्ता गठबन्धनबाट ओनसरी घर्ती र प्रतिपक्षी एमालेबाट मणिराम फुयाँल चुनावी मैदानमा छन् । तर उनीहरू दुबैलाई स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले कडा चुनौती दिइरहेका छन् ।

दलगत प्रवृत्तिबाट वाक्क दिक्क भएका स्थानीय अहिले स्वतन्त्र उम्मेदवारलाई जिताउने पक्षमा छन् । स्थानीय भन्छन्, ‘सबै हिसाबले वृद्ध मान्छेको शारीरिक, मानसिक रूपले कमजोर भइसकेको हुन्छ  । राजनीतिक भनेको राज्य गर्ने नीति हो । जो शारीरिक, मानसिक रूपले कमजोर भइसकेको हुन्छ, उसले राज्य चलाउन सक्दैन ।’

अब राज्य चलाउने जिम्मेवारी युवालाई दिनुपर्छ । यो आवश्यक विषय हो । यसमा कुनै दुई मत नै छैन । यस क्षेत्रबाट धेरै नेताले चुनाव जितेर गए, अब आउने कस्तो नेताको खोजीमा हुनु हुन्छ ? यो भन्दा कानलाई कोपरा बनियो । हाम्रो कानमा नचाहिने हालियो ।

गलत ढंगले राजनीतिमा प्रयोग गरे । हुनुपर्छ चमेली सबैलाई बर्बरू भन्ने नाममा हाम्रा मस्तिष्कहरूलाई र नेपाली जनतालाई आम रूपमा ढाँटियो भने यस क्षेत्रमा अझै धेरै ढाँटियो । किन भने सबै आयातित मान्छेले यस क्षेत्रबाट राजनीतिक प्रतिनिधित्व गरे । जसले यो क्षेत्र राष्ट्र लागि विकास गरेनन् भने हाम्रो बुझाई हो  ।

त्यो हुनुमा मुलत के हो भने एउटा पार्टीका शीर्ष भनाउँदाहरूले र दोस्रो वृद्ध मान्छेको प्रतिनिधित्वले गर्दा यो अवस्थामा आएको हो । त्यस माथि बाहिरबाट आएका  मान्छेहरूले यहाँका स्थानीय जनतालाई हटाउँदै प्रतिनिधित्व गरेका हुनाले पनि यहाँको भौतिक विकास पनि अवरोध भए ।

राजनीतिमा यहीको मान्छेले नि प्रतिनिधित्व गर्नु पर्थ्यो । त्यो दिएन । मदन भण्डारी , मनमोहन अधिकारी, झक्कु सुवेदी लगायत केहीको अपवाद छोडेर । नारायण ढकाल र दीपक कुइकेलबाहेक अरू सबै आयातित मान्छेहरूले ओगटेको हुनाले पनि यहाँ समस्या देखिन्छ।

यस्तै अर्का स्थानीय भन्छन्, राजनीतिमा युवा आउनु पर्छ भनेमा मेरो पूर्ण समर्थन छ । कमरेड माओसेतुंले भन्नु हुन्थ्यो ‘संसार तिनीहरूको हो । हाम्रो पनि हो । अन्तिम समयमा तिमीहरूको हो ।’

यो भनेको युवाहरूलाई । शक्ति र चेतनापूर्ण ती युवक बिहान सूर्यको किरण देखिए झैँ । हाम्रो आशा तिमीहरूमा छ । यो संसार सुरुवात हो, अन्तिम पनि हो । अन्ततः यो देश युवा वर्गको हो । किनभने उनीहरू परिवर्तनबाहेक हामी एक किसिमले अस्ताउँदो सूर्य हौँ । त्यस कारण युवाहरूलाई कति सकिन्छ साथ दिएर अघि बढाउनु पर्छ । कोही युवा साथी आउनु भा भने हामी सहयोग गर्छौँ । तर त्यो कम्युनिष्ट आन्दोलनबाट आएको हुनुपर्छ । त्यसको लागि सही पात्र अहिलेका लागि प्रकाश अधिकारी हुन् ।

[sidebar name="button post"]