काठमाडौं: गुल्मीमा सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता डा.दामोदर भुसाल पछि हटेका छन्।
भुसालले सोमबार पत्रकार सम्मेलनमार्फत उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन्। उनले गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई समर्थन गरेका छन । भुसालको बागी उम्मेदवारी फिर्ता भएसँगै रामकुमारीलाई केही राहत भएको छ।
कांग्रेस गुल्मीको पूर्व क्षेत्रिय सभापति भइसकेका भुसाल लुम्बिनी प्रदेश योजना आयोग सदस्य थिए। भुसालले गठबन्धन गरेर अन्य पार्टीलाई उम्मेदवार बनाउँदा पार्टी संरचना ध्वस्त हुने भएकाले स्वतन्त्र उम्मेदवारी दिएको बताएका थिए। यो क्षेत्रमा नेकपा एमालेबाट सचिव गोकर्ण विष्टको उम्मेदवारी छ।
उम्मेदवारी कायम भएपछि भुसाल कांग्रेबाट स्वतःनिस्कासित भएका थिए। तर कांग्रेसले बागीहरुलाई कात्तिक ४ सम्मको अवसर दिएको छ।
[sidebar name="button post"]











