काठमाडौं: नेकपा माओवादी केन्द्रले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बागी उम्मेदवारी दिएका पार्टीका नेता कार्यकर्तालाई निष्काशनको घोषणा गरेको छ ।
पार्टी नीतिविपरीत गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिई उम्मेदवारी फिर्ता नलिएका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निष्कासनको कारबाही गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले पार्टीका आधिकारिक उम्मेदवार एवम् गठबन्धन दल बीच सहमतिमा बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा बागी दिएर फिर्ता नलिएकाहरुलाई निष्काशनको निर्णय लिइएको बताए ।
तोकिएको मिति र समयभित्र उम्मेदवारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवारसहित तिनका प्रस्तावक र समर्थकलाई समेत सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निस्कासनको कारबाही गरिएको उनले बताए ।
[sidebar name="button post"]









