सल्यान: अरिङ्गालको टोकाइबाट सल्यानमा दुई जनाको मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका १ हाम्फाल निवासी २१ वर्षीया शोभा बुढाथोकी र उहाँकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकी रहेका छन् ।
सोमबार साँझ खेतमा धान काटी घर फर्किने क्रममा बाटोमा अरिंगालले तीनजनालाई टोकेको थियो। श्रीनगरस्थित परोपकार हस्पिटलमा सामान्य उपचार गरी थप उपचारका लागि कोहलपुर बाँके लैजाँदै गर्दा बाटोमै प्राप्तिको बाटोमै मृत्यु भएको हो।
मृतक बालिकालाई अहिले जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टमका लागि ल्याइएको र आमा शोभालाई कोहलपुरबाट ल्याउने तैयारी भइरहेको उनले जानकारी दिए । जिल्लामा अरिंगालले टोकाइलाई आईसियु तथा भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्नेमा त्यो सम्भव नभएकाले बर्सेनि धेरैले ज्यान गुमाउँदै आएको र यो आ/वको अहिलेसम्म चार/पाँच जनाले ज्यान गुमाइसकेको उनको भनाइ छ ।












