कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेको प्यानल नै बिजयी

काठमाडौँको  कागेश्वरी मनोहरा  नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेको  प्यानलनै बिजयी भएको छ ।

शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार  राममणि पुडासैनीको प्यानलनै विजयी भएको हो ।यसअघि ०७४ सालको स्थानीय चुनावमा वडा नम्बर ३ को अध्यक्षमा निर्वाचित भएका पुडासैनीले पुन दोस्रो कार्यकालको लागि श्याम प्रसाद पुडासैनीको टिमलाइ पराजित गर्दै बिजयी भएका हुन ।

अध्यक्ष राममणि पुडासैनी सहित वडा सदस्यमा  सुनकुमार नगरकोटी, राधाकृष्ण थापा, रमाकालिका पुडासैनी र गोमा लोहार बिजयी भएका छन ।

[sidebar name="button post"]