गठबन्धनको तर्फबाट कागेश्वरि नगरपालिका ३ मा पुडासैनीको अध्यक्षमा उम्मेदवारी

१८ वैशाख, काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेसको तर्फबाट कागेश्वरि मनाेहरा नगरपालिका वडा न: ३ बाट युवा नेता श्याम पुडासैनीले वडा अध्यक्षमा आफ्नो उम्मेदवारी दिएका छन् ।

उनी गठबन्धनको तर्फबाट सिफारिस भएका हुन् । कागेश्वरि मनाेहरामा माओवादी र काँग्रेसबीच गठबन्धन भएको छ। कागेश्वरि नगरपालिका वडा न: ३ मा काँग्रेसको तर्फबाट पुडासैनीले टिकट पाएका हुन् ।

नगरपालिका वडा न: ३ को खुल्ला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट महेन्द्र पुडासैनीले उम्मेदवारी दिएका छन् भने कांग्रेसबाट सुजन कालिका पुडासैनीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै महिला सदस्य तर्फ नेपाली कांग्रेसबाट जानुका पुडासैनीले आफ्नो उम्मेदवारी दिएकी छन् भने माओवादीबाट दलित महिला सदस्य पदमा मनिषा लोहारले उम्मेदवारी दिएकी छिन् ।

[sidebar name="button post"]