१८ वैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशले स्थानीय तहको निर्वाचनमा पालिका तथा वडामा पार्टीका विरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन अल्टिमेटम दिएको छ ।
यसअघि उम्मेदवारको नामावली फिर्ता लिने अन्तिम दिन वैशाख १६ सम्म बागी फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको माओवादीले अर्को मौका दिएको हो।
यस्तै प्रदेश तथा केन्द्र स्तरमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएका जिल्ला पालिकाबाहेक गठबन्धन गर्ने सहमति भएका पालिका तथा वडाहरुमा केन्द्रको सर्कुलरबाहेक बागी उम्मेदवारी दिनेले समेत वैशाख १९ गते ५ बजेभित्र वक्तव्य जारी गरी आफ्नो मत गठबन्धनका उम्मेदवारलाई भनि स्वघोषणा गर्न समेत माओवादी केन्द्रले निर्देशन दिएको छ ।

[sidebar name="button post"]











