कागेश्वरि मनाेहरामा मेयरका धेरै आकांक्षी उम्मेदवार

१८ वैशाख, काठमाडौं । स्थानीय निर्वाचनका लागि कागेश्वरि मनाेहरा नगरपालिकामा १० जनाले मेयरमा उम्मेदवारी दिएका छन् भने ७ जनाले उप मेयरमा उम्मेदवार दिएका छन् ।

आगमिक वैशाख ३० मा हुन स्थानीय चुनावमा कागेश्वरि मनाेहरा नगरपालिका ९ वडामा आफ्नो पार्टीका उम्मेदवारलाई टिकट दिएको छ । टिकट पाउने धेरै आकांक्षी भएका थिए । तर पार्टीले टिकट नदिएपछि स्वतन्त्र बागी उम्मेदवार दिनेको संख्या धेरै छ । पछिल्लो समय राजनीतिमा युवाहरु आकर्षक देखिएको छ ।

कागेश्वरि मनाेहरामा माओवादी र काँग्रेसले गठबन्धन गरेका छन् । काँग्रेसको तर्फबाट नेपाली काँग्रेसका नेता उपेन्द्र कार्कीले टिकट पाएका छन् भने उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको तर्फबाट भोला चापागाईले उम्मेदवार दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एमालेबाट रामशरण दुंगाना सिफारिस भएका छन् भने उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाटै शान्ता थापाले आफ्नो उम्मेदवारी दिएकी छिन ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी तर्फबाट कृष्ण हरि थापाले उम्मेदवारी दिएका छन् भने नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी तर्फबाटै सरस्वती नेपालले आफ्नो उम्मेदवारी दिएकी छिन ।

मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट राजु फुयालले दिएका छन् भने राप्रपाबाटै नै सरिता बजगाईंले आफ्नो उम्मेदवारी दिएकी छिन ।  सुदिप सापकोटाले राष्ट्रिय जनमोर्चको तर्फबाट मेयरमा आफ्नो उम्मेदवारी दिएका छन् भने जनमोर्चबाटै लक्ष्मी कुमारी राईले आफ्नो उम्मेदवारी दिएकी छिन् ।  मौलिक जोरोकिलो पार्टीबाट प्रभा सुबेदी(पोखरेल)दिएकी छिन् भने नारायण प्रसाद अधिकारी मौलिक जरोकिलोबाटै उपमेयरमा आफ्नो उम्मेदवार दिएका छन् ।

यता नगर प्रमुखको लागी स्वतन्त्रबाट चार जनाले आफ्नो उम्मेदवार दिएका छन् । जसमा टप बहादुर थापा, पुरुषोत्तम शर्मा चापागाई, बरुण कुमार लामा र मनिल फुयाल लगायतले नगर प्रमुखको लागी स्वतन्त्र बागी उम्मेदवार दिएको निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

त्यसै उपनगर प्रमुखको लागी निर्मल खड्काले स्वतन्त्र बगी उम्मेदवार दिएका छन् ।

[sidebar name="button post"]