रमिता दंगाल / कागेश्वरी खबर
१० जेष्ठ, काठमाण्डौ। गत चैत २५ देखि वैशाख १५ गतेसम्म कोरोनाविरूद्धको ‘भेरोसेल’ खोप पहिलो डोज लगाइसकेकालाई दोस्रो खोप जेष्ठ २ गतेदेखि लगाउन सुरु गरिएको छ ।
कागेश्वरी मनाेहरा नगरपालिका वडा नं. ९ स्थित गाेठाटार स्वास्थ्य चाैकीबाट आज ४३७ जनालाई दोस्रो चरणको भेरोसेल खोप लगाइएको नगर स्वास्थ्य शाखा प्रमुख लक्ष्मी कोइरालाले जानकारी दिनुभयो। खोप लागाउनेहरु मध्ये २०७ जना पुरुष रहेका छन् भने २३० जना महिला रहेका उहाँले बताउनु भयो।
त्यसैगरी बैशाख १५ गते खोप लिएकाले जेष्ठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन्।
भोलि जेष्ठ ११ गते दोस्रो चरणको खोप अभियानको अन्तिम दिन रहेको छ ।
[sidebar name="button post"]










