रमिता दंगाल / कागेश्वरी खबर
९ जेष्ठ, काठमाण्डौ। कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ को दोस्रो डोज जेष्ठ २ गतेदेखि लगाउन सुरु गरिएकाे छ। गत चैत २५ देखि वैशाख १५ गतेसम्म कोभिडविरूद्धको ‘भेरोसेल’ खोप पहिलो मात्रा लिई सकेकालाई दोस्रो खोप जेष्ठ २ गतेदेखि लगाउन सुरु गरिएको हो ।
कागेश्वरी मनाेहरा नगरपालिका वडा नं. ९ मा रहेकाे गाेठाटार स्वास्थ्य चाैकीबाट खोप अभियान संचालन भैरहेको छ। आज ४०४ जनालाई दोस्रो चरणको भेरोसेल खोप लगाइएको नगर स्वास्थ्य शाखा प्रमुख लक्ष्मी कोइरालाले कागेश्वरी खबरलाई जानकारी दिनुभयो। खोप लागाउनेहरुमा १९७ जना पुरुष रहेका छन् भने २०७ जना महिला रहेका छन्।
हालसम्म गाेठाटार स्वास्थ्य चाैकीबाट दुई हजार एक सय १२ जनाले भेरोसेल’ को दोस्रो मात्रा लगाइसकेका स्वास्थ्य शाखा प्रमुख कोइरालाले बताउनु भयो। जसमध्ये १४११ जना पुरुष रहेका छन् भने १११२ जना महिला रहेका छन्।
त्यसैगरी बैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेष्ठ १० र बैशाख १५ गते खोप लिएकाले जेष्ठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन्। पहिलो डोजको खोप लिएकाहरुले बिहान १० देखि ४ बजेसम्म नजिकको खोप केन्द्रमा गएर खोप लिन सक्नेछन्।
खोप यही जेष्ठ ११ गतेसम्म लगाउने जनाइएको छ ।












