सेयर बजारमा ऐतिहासिक रेकर्ड, नेप्से परिसूचक हालसम्मकै उच्च

९ जेष्ठ, काठमाण्डौ। सेयर कारोबार मापक नेप्से परिसूचकले हालसम्मकै ऐतिहासिक रेकर्ड राखेको छ । नेप्से परिसूचक आइतबार मध्यान्ह २८ सय १६ माथि पुगेर नयाँ रेकर्ड राखेको हो ।

नेपाल स्टक एक्सचेञ्जले आइतबार नयाँ रेकर्ड कायम भएको पुष्टि गरेको छ । संसद विघटन भएसँगै अब राजनीतिक अस्थिरता निम्तिएका कारण बजार घट्छ कि भन्ने आंकलन गरिएको थियो ।

आज कारोबार खुलेको १० मिनेट नहुँदै करिब ५० अंकले नेप्से परिसूचक घट्यो । त्यसपछि सम्हालिएको परिसूचक १ बजेर १३ मिनेटमा १ हजार ६ सय १६ दशमलव ५४ अंकमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

[sidebar name="button post"]