Ad #144479

रमिता दंगाल

४ जेष्ठ, काठमाण्डौ। गत चैत २५ देखि वैशाख १५ गतेसम्म कोभिडविरूद्धको ‘भेरोसेल’ खोप पहिलो मात्र लिई सकेकालाई दोस्रो खोप जेष्ठ २ गतेदेखि लगाउन सुरु गरिएको छ।

कागेश्वरी मनाेहरा नगरपालिका वडा नं. ९ मा रहेकाे गाेठाटार स्वास्थ्य चाैकीबाट खोप अभियान संचालन भैरहेको छ। खोप लगाउन सुरु गरिएको तेस्रो दिन आज ३ सय ६१ जनालाई दोस्रो चरणको भेरोसेल खोप प्रदान गरिएको नगर स्वास्थ्य शाखा प्रमुख लक्ष्मी कोइरालाले जानकारी कागेश्वरी खबरलाई जानकारीदिनुभयो। खोप लगाउने मध्ये महिला १ सय ६८ जना र पुरुष एक सय ९३ जना रहेका छन्। आज चैत ३१ र बैशाख २ गते खोप लगाएकाहरुलाई दोस्रो मात्रा लगाइएको हो।

त्यस्तै बैशाख ३ र ४ गते लगाएकाले जेष्ठ ५ गते, बैशाख ५ र ६ गते खोप लगाएकाले जेष्ठ ६ गते दोस्रो डोज लगाउन सक्नेछन्।

यस्तै, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले जेष्ठ ७ गते, बैशाख ११ र १२ गते लगाएकाले जेष्ठ ८ गते, बैशाख १३ गते पहिलो डोज लिएकाले जेष्ठ ९ गते दोस्रो डोज लिन सक्नेछन्।

त्यसैगरी बैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेष्ठ १० र बैशाख १५ गते खोप लिएकाले जेष्ठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन्। पहिलो डोजको खोप लिएकाहरुले बिहान १० देखि ४ बजेसम्म नजिकको खोप केन्द्रमा गएर खोप लिन सक्नेछन्।

खोप यही जेठ ११ गतेसम्म लगाउने जनाइएको छ ।