२४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना पुष्टि, १९६ जना संक्रमितको मृत्यु

४ जेष्ठ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

२० हजार २८६ पीसीआर परीक्षणबाट ८ हजार १३६ जना र ६९३ एन्टिजेन परीक्षणबाट ६७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टामा देशभर १९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ४११ पुगेको छ।

यस्तै मंगलबार ६ हजार ८९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर १ लाख १४ हजार ५२९ जना संक्रमित छन्।