उपत्यकामा थपिए २ हजार ६३५ जना कोरोना संक्रमित

४ जेष्ठ, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ६३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २०४९, भक्तपुरमा २२१ र ललितपुरमा ३६५ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

त्यस्तै गएको २४ घण्टामा देशभर १९६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।