Ad #144479

रमिता दंगाल

माघ १६, काठमाण्डौ। काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाको एण्टिजेन प्रबिधि मार्फत निशुल्क कोरोना परिक्षण कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै एण्टिजेन प्रबिधि मार्फत निशुल्क कोरोना परिक्षण गरेको थियो । नगरपालिकाले यो भन्दा पहिले पनि एण्टिजेन प्रबिधि मार्फत शशुल्क परिक्षण गर्दै आएको नगरपालिकाको स्वास्थ्य शाखा अधिकृत लक्ष्मी कोइरालाले जानकारी दिनुभयो।

हाल विश्व भरि नै महामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथाममा लागि नेपाल सरकारबाट अति प्रभावित स्थानमा निशुल्क एण्टिजेन प्रबिधि मार्फत इडिसीडि टेकुको प्राबिधिक सहयोगमा तीन दिन निशुल्क परिक्षण भएको हो ।

माघ १० गते बिहान ११ बजे देखि ३ बजे सम्म वडा नं ९ गान्धी स्कुल काँडाघारीमा ११२ जनामा भएको निशुल्क एण्टिजेन परिक्षणमा १ जनालाई भने कोरोना पोजिटिभ देखिएको कागेश्वरी मनोहरा नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत लक्ष्मी कोइरालाले कागेश्वरी खबरलाई बताउनु भयो।

त्यस्तै २०७७ माघ ११ गते बिहान ११ बजे देखि ३ बजे सम्म वडा नं ६ भैदेबल चौरमा ३९ जना को कोरोना एण्टिजेन परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको अधिकृत कोइरालाले जानकारी दिनुभयो।

त्यसैगरी २०७७ माघ १२ गते बिहान ११ बजे देखि ३ बजे सम्म वडा नं ५ थली चौरमा कुल एक सय ७७ जनाको कोरोना परिक्षण गरिएकोमा दुई जनामा पोजेटिभ देखिएको पनि स्वास्थ्य शाखाले जनाएको छ ।

साथै उक्त एण्टिजेन प्रबिधि मार्फत भएको परिक्षणमा सबै स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वयं सेविका, बैंक/वित्तीय संस्थाका कर्मचारी,सवारी साधन चालक /एम्बुलेन्स चालक, कोभिड १९ का लक्षण भएका तथा संक्रमित संग सम्पर्क भएका ब्यक्तिहरु, बिभिन्न व्यवसाय गर्ने ब्यपारीहरुलाइ लक्षित गरिएको थियो ।