रमिता दंगाल
साउन २६ ,काठमाडौ । आज साउनको अन्तिम सोमबार। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा निकै चहलपहल देखियो। विशेष गरी साउनको सोमबार भगवान शिवको पूजा आराधना गरी वर्त गर्ने चलन छ ।

साउन महिना र सोमबार भगवान शिवको प्रिय महिना बार भएकाले यस दिन चोखो मनले वर्त बसेर नदी, ताल, तलाउ लगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ ।साउने सोमबारको दिन चोखो मनले वर्त बस्दा पारिवारीक सुख, शान्ती र मनोकांक्षा पूर्ण हुने विश्वास रहिआएको छ ।

यस वर्ष कोरोना महामारीका कारण धार्मिक स्थलमा भिडभाड घटेकाे पाइएकाे छ । सरकारले लकडाउन गरेपछि सुनसान मठमन्दिर लकडाउन खुकुलो भएपनि दर्शनार्थीका लागि खोलिएको छैन । तर संक्रमण जाेखिमकाे डर भएपनि कागेश्वरी महादेव मन्दिरमा अरु साउने सोमबारको तुलनामा आज अन्तिम सोमबार धेरै चहलपहल देखिएको थियो।












[sidebar name="button post"]








