कृष्ण वाग्ले र अनिता धिताल
साउन २६, काठमाडौँ । साउनकोे अन्तिम सोमबार आज पशुपतिनाथसँगै देशभरका शिवालयमा विगतको तुलनामा भक्तजन बढेका छन् । आज पहिलेको तुलनामा बढी चहलपहल देखियो ।
साउनमा हिन्दु धर्मावलम्बी महिलाहरुले हरेक सोमबार व्रत बस्ने तथा शिवालयमा गएर पूजा, दर्शन एवं जल चढाउने परम्परा छ । साउनको सोमबार व्रत बसि भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
कोरोना संक्रमण जोखिमका कारणा साउनको अन्तिम सोमबार पनि दर्शनार्थीको लागि पशुपतिनाथको मुख्य मन्दिर खोलिएन । भक्तजनले बाहिर खोला किनारमा पुजा आजा गरे । मुख्य मन्दिरको दर्शन गर्न नपाएकोमा भक्तजनको गुनासो छ ।







[sidebar name="button post"]









