जनैपूर्णिमाकाे अवसरमा शङ्खरापुरकाे मणिचुडमा मेला

साउन १९, जनैपूर्णिमाकाे अवसरमा काठमाण्डाैकाे शङ्खरापुरमा रहेकाे मणिचुडमा मेला लागेकाे छ ।शङ्खरापुर नगरपालिकावडा नं ८ मा रहेकाे मणिचुड महादेव मन्दिरमा जनैपूर्णिमाकाे अवसरमा आज मेला लागेकाे हाे । मणिचुडमा जनैपूर्णिमा, नयाँ वर्ष र फागुनमा विशेष चहलपहल हुने गर्छ । संस्कृतिविद् प्रकाशमान श्रेष्ठ साक्वका अनुसार आज भन्दा झण्डै ३३ सय वर्ष अगाडि देविकाे कुण्डल खसेर मणिचुणेश्वर महादेव उत्पत्ति भएकाे हाे ।

हरेक वर्षको जनैपूर्णिमा, ऋषितर्पणी तथा रक्षाबन्धनका दिन मेला लाग्ने मणिचुड तामाङ, नेवार, बाहुन, लामा तथा बौद्धमार्गीहरुको श्रद्धाको केन्द मानिन्छ । याे कुण्ड १ सय ८ कुण्ड मध्ये एक हाे । देवासुर संग्रामको बेलामा विष्णु भगवानले बज्रयोगिनी देवीसँग विजय वाहिनी मन्त्र वरदान पाउन कुण्डल स्नान गरेको मणिकुण्डल अति पवित्र स्थल मानिएको छ । त्यस्तै देव दानव मिलेर समुन्द्र मन्थन गर्दा निस्केको उल्णव कालकुट विष सेवन गरी शिवजीले विषको डाह शान्त पार्न सर्वप्रथम आफ्नो त्रिशुल पहाडमा धसेर तीनधारा जलप्रवाह गरी मणिकुण्डको निर्माण गरि त्यहाँ महादेव जलसमाधीमा बसेको प्रसंग विभिन्न पुराणहरुमा वर्णन गरिएको छ ।

त्यहाँ ३३ काेटी देवता अाएर दर्शन गरेकाे उल्लेख छ । त्यसैले यस कुण्डलाई अति नै पवित्र रुपमा हिन्दू धर्मावलम्बीहरुले लिने गर्दछन् । रसुवाकाे गाेसाइकुण्ड गएर अाएकाहरुले याे कुण्डमा जल चढाउनुपर्ने मान्यता छ । मणि कुण्डलमा स्नान गर्दा महारोग, दीर्घरोग समेत निको हुने बिश्वासका साथ मणिचुड पर्वतस्थित मणिकुण्डलमा स्नान गर्न तीर्थयात्रीहरुको घुँइचो लाग्छ ।

परापूर्व कालमा मछिन्द्र राजाले तपस्या गरेकाे हुनाले यश ठाउँलाइ मछिन्द्र पर्वत भनेर पनि चिनिन्छ । साथै चन्द्रशमशेरलाई क्षयरोग लागेका बेला बेलायतमा पुगेर उपचार गर्दा पनि राेग निकाे नभएकाे तर यहीँ बनमा ६ महिना बसेर हावा र पानीसंग खेल्दा राेग निकाे भएकाे मानिन्छ । त्यसपछि चन्द्र शमशेरले चन्द्र घण्टी अर्थात जडिबुटीकाे झाेल नामक पुस्तक लेख्न लगाउनुभएकाे उल्लेख छ । जुन पुस्तक सिंहदरबारकाे वैद्य खानामा राखिएकाे छ । याे ठाउँमा हिराकाे खानी रहेकाे हुनसक्ने भनेर खानी विभाग सहित विभिन्न अनुशन्धान हुँदै अाएकाे संस्कृतिविद् साक्वले बताउनुभयाे ।